अमेरिकामा कोभिड समाप्तः बाइडेन

अमेरिकामा कोभिड समाप्तः बाइडेन

एजेन्सी,न्युयोर्क। अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन्। कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो।

‘महामारी समाप्त भएको छ। हामीसँग अझै पनि कोभिडको समस्या छ। हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने।
तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए।