अछाममा बाढीपहिरोबाट १७ जनाको मृत्यु,६ जना बेपत्ता

अछाम। अछाममा शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउनको संख्या १७ पुगेको छ।
कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन्।
बाढी पहिरोमा परी अझै ६ जना बेपत्ता रहेको उनको भनाइ छ। बाढी पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। बाढी तथा पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर