डेंगु संक्रमण ७५ जिल्लामा फैलियो,संक्रमितको संख्या १२ हजार नाघ्यो

डेंगु संक्रमण ७५ जिल्लामा फैलियो,संक्रमितको संख्या १२ हजार नाघ्यो

काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्। यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए। तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ। हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ।

डेंगु रोग रोकथाममा सरकारले गरेका यी हुन् प्रयास
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको छ।

–इपिडीमियोलीजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सात वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको छ।

–विद्यालय र होटलहरूमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरूको एसोसिएसनसँग बैठक सञ्चालन गरेको छ।