अबदेखि विदेशबाट ल्याएका मोबाइल सेटलाई अनिवार्य दर्ता गर्नु पर्ने

अबदेखि विदेशबाट ल्याएका मोबाइल सेटलाई अनिवार्य  दर्ता गर्नु पर्ने

काठमाडौं। नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ। ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन्।

यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ।

मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ।

Avatar