परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन्।

उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज नै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन्।

उनले आज नै प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।