कामै नलाग्ने नागरिकता विधेयक फिर्ता हुनुपर्छ : ओली

कामै नलाग्ने नागरिकता विधेयक फिर्ता हुनुपर्छ : ओली फाइल फोटो

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने बताएका छन्।

दुवै सदनले फेरि पनि पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुठाएको विधेयकमा धेरै कुराहरू सच्याउनुपर्ने भएको भन्दै उनले फिर्ता गर्नुपर्ने बताएका हुन्।

मधेसको राजधानी जनकपुरमा एमालेले आयोजना गरेको एउटा सभालाई सम्बोधन गर्दै उनले भने ‘राष्ट्रपतिले सुझाव दिँदादिँदै त्यसलाई नमानेर पारित गरिएको यो विधेयक कुनै काम लाग्दैन।’

उनले नेकपा एमालेले विधेयक रोकेको र नागरिकता नदिएको भनेर मधेसमा भ्रम छरेको पनि बताए।

तर, मधेसमा नागरिकता समस्या समधानका लागि आफू नै धेरै लडेको उनको दाबी छ।

‘जन्मसिद्धको आधारमा नागरिकता दिनुपर्छ भनेर म कराएको करायै छु। लडिरहेको छु। नागरिकता विधेयक सबैभन्दा पहिला मेरै पालमा संसदमा लगेको हुँ’ उनले भने ‘अहिले देशको सबैभन्दा ठूलो दलसँग पनि सल्लाह गरिएन। राष्ट्रपतिको सल्लाह पनि नमान्नेरु’



No ads found for this position