पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

एजेन्सी।  पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ। पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ।

भूकम्पले ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ। भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो।



No ads found for this position