शान्त निभेको एक जिउँदो बेलायती इतिहास
काठमाडौं। बेलायती इतिहासको एउटा सिङ्गो ‘किताब’का रूपमा चिनिने महारानी एलिजावेथ द्वीतीयाको निधनपछि अब उनका जेठा छोरा चार्ल्स ‘राजा चार्ल्स तृतीय’ भएका छन्।
बिहीबार बकिङ्गम दरबारले उनको ‘शान्तिपूर्ण मृत्यु’ भएको घोषणा गरेको थियो।
करिब दुई सातासम्म राजपरम्पराअनुसार उनको शव विभिन्न ठाउँहरूमा राखिनेछ। र चार्ल्सलाई पूर्ण राजा हुन पनि अरू धेरै पारम्पारिक प्रक्रियाहरू पूरा गर्नुपर्नेछ।
को हुन्, महारानी एलिजाबेथ
ब्रिटेनकी महारानी एलिजाबेथको सात दशक लामो राजकाज भारी उथल–पुथलपूर्ण रह्यो। उनी सबैभन्दा लामो समयसम्म ब्रिटेनमा राज गर्ने महारानी थिइन्।
क्वीन एलिजाबेथलाई जिम्मेवारी बहन गर्ने मजबुत इच्छाशक्तिका कारण सँधै स्मरण गरिने छ।
उनले आफ्नो पूरा जीवन र आफ्नो मुकुट जनतालाई समर्पण गरेकी थिइन्। हरेक जिम्मेवारी उनले कुशलातासा बहन गरिन्।
ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठेने गरी तीब्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी विन्दु बनिन्।
अत्यन्तै कठिन घडीमासमेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ।
त्यसमाथि उनको जन्मको बेला उनको भाग्य राजगद्दीसँग जोडिएला भनेर सायदै कसैले सोचेका थिए होलान्।
जन्म
एलिजाबेथ एलेक्जेन्ड्रा मेरी विस्नडर सन् १९२६ अप्रिल २१ लडन्को बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन्।
उनी जर्ज पाँचौंका दोस्रो छोरा अर्थात ‘ड्युक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।
एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो। उनीहरू मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए।
एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाँचौंसँग अत्यन्तै निकट थिइन्।
६ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी ‘कन्ट्री लेडी’ बन्न चाहेको बताएकी थिइन्।
निकै कलिलो उमेरदेखि उनले उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो।
त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिलाई उद्धृत गर्दै उनमा ‘एउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएको’ बताउने गरिन्थ्यो।
विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइ् र संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन्।
उनी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन भनेर उनीहरूको एउटा विशेष समूह ‘गर्ल गाइड्स कम्पनी’ बनाइएको थियो।
बढ्दो तनाव
सन् १९३६ मा जर्ज पाँचौंको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौं भए।
तर, दुईपटक छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजेपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो।
वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो।
अनिच्छुक हुँदाहुँदै ड्युक अफ योर्क राजा जर्ज छैठौं बने।
उनको गद्दी आरोहणले एलिजाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो। र, पछि उनले त्यो अवसर ‘असाध्यै अदुभुत’ भएको लेखिकी थिइन्।
युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी–रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनस्र्थापित गराउने अभियानमा लागेका थिए।
युरोपमा बढ्दो तनावको पृष्ठभूमिामा आफ्नी पत्नी–रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनस्र्थापित गराउने अभियानमा लागेका थिए।
त्यो उदाहरण उनीहरूकी ठूली छोरीका हकमा पनि खेर गएन।
सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमस्थित रोयल नेभल कलेज पुगिन्।
आफ्नी बहिनी मार्गरेटसँगै उनलाई त्यो कलेजमा अध्ययनरतमध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए।
अवरोधहरू
यो उनीहरूबीच भेट भएको पहिलो अवसर थिएन। तर उनले फिलिपमा चाख लिएको पहिलोपटक थियो।
नौसेनाबाट छुट्टीमा आएका बेला राजकुमार फिलिप आफ्ना शाही नातेदाररूलाई भेट्न आउँथे।
सन् १९४४ सम्ममा त, जब एलिजाबेथ १८ वर्षकी थिइन्, उनी फिलिपसँग प्रेममा परिसकेकी थिइन्।
उनले फिलिपको तस्बिर आफ्नो कोठामा राखेकी थिइन् र उनीहरू एकअर्कासँग पत्र आदानप्रदान गर्थे।
युद्धको अन्त्यतिर युवती राजकुमारी ब्रिटिस सेनाको महिला शाखा ‘अक्जिलरी टेरिटोरियल सर्भिस’ (एटिएस) मा भर्ना भइन्।
उनले त्यहाँ गाडी चलाउन र सामान बोक्ने ‘लरी’ को मर्मतसम्भार कसरी गर्ने भन्नेबारे सिकिन्।
युरोमा युद्ध जितेको खुसियालीमा मनाइने दिन ‘भ्यू डे’ मा उनी बकिङ्गम राजदरबारमा शाही परिवारसँगै देखिइन्।
त्यतिबेला युद्धमा प्राप्त जित मनाउन राजदरबार अगाडिको मूल सडक ‘द मल’ मा हजारौं भेला भएका थिए।
‘हामीले बुवाआमासँग हामी बाहिर गएर हेर्नसक्छौैं भनेर सोध्यौं,’ उनी सम्झिन्छन्,‘मलाई याद छ, हामी परिचित हुन डराउँथ्यौं। धेरै अपरिचित मानिसहरूको हुल एकले अर्को हात समातेर ‘ह्वाइटहल’ बाट तल झर्दै गरेको सम्झन्छु। हामी सबै त्यही खुशी र राहतको आँधीमा समाहित भयौं।’
युद्धपछि राजकुमार फिलिपसँग विवाह गर्ने उनको चाहनामा थुप्रै व्यवधान आए।
राजा आफूले अत्यन्तै रूचाएकी छोरी गुमाउन अनिच्छुक थिए र फिलिपलाई उनको विदेशी वंश नस्वीकार्ने पक्षको पूर्वाग्रह तोड्नुपर्ने चुनौति थियो।
पिताको निधन
अन्ततः यो जोडीको इच्छाले जित हात पा¥यो र सन् १९४७ नोभेम्बर २० मा ‘वेस्टमिनिस्टर याबी’ मा उनीहरूले विवाह गरे।
फिलिप ‘ड्युक अफ एडिनबरा’ भए तर उनले नौसेनाम काम गर्न छाडेनन्।
छोटै समय भए पनि माल्टामा गरिएको सरूवाले नवजोडीलाई तलनात्मक रूपमा सामान्य जीवन जिउन मद्त ग¥यो।
उनीहरूको पहिलो सन्तान चाल्र्सको सन् १८४८ मा जन्म भयो।
सन् १९५० मा चाल्र्सकी बहिनी यान जन्मिइन्।
युद्धका वर्षहरूको तनाव झेलिरहेका राजा आफ्नो धुम्रपान गर्ने बानीले फोक्सोको क्यान्सरले निकै थलिए।
सन् १९५२ जनवरीमा २५ वर्षीया एलिजाबेथ र फिलिप आफ्नो विदेश यात्रामा निस्किए।
चिकित्सकहरूको सल्लाहविपरित राजा यो दम्पतीलाई बिदा गर्न विमानस्थल पुगे।
त्यो नै एलिजाबेथका लागि आफ्ना पितलाई अन्तिमपटक देख्ने घटना भयो।
केन्यामा रहेका बेला एलिजाबेथले आफ्ना पिताको निधनको खबर सुनिन् र नयाँ महारानीका रूपमा तुरून्तै लन्डन फर्किन्।
उनले पछि त्यो क्षणको सम्झना गर्ने गर्थिन्।
‘एक प्रकारले भन्दा मलाई कुनै अनुभव थिएन। मेरा पिता कम उमेरमै बित्नुभयो। त्यसैले यो जिम्मेवारी लिनु र आफूले सक्दो राम्रो गरी निर्वाह गर्नु एक किसिमले अचानक जस्तै थियो।’
अस्ट्रेलिया र न्युजिल्यान्ड
सन् १९५३ जुनमा उनको राज्यरोहण टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
प्रधानमन्त्री विन्स्टन चर्चिलको विरोध भए पनि त्यसो गरिएको थियो।
रानी एलिजाबेथले सपथग्रहण गरेको लाखौं मानिसले टेलिभिजनमा हेरेका थिए।
युद्धपश्चातको मितव्यययीता खेपरिहेको ब्रिटेन राज्यरोहणलाई नयाँ ‘एलिजाबेथन’ युगको उदयका रूपमा धेरै टिप्पणीकर्ताले हेरे।
दोस्रो विश्वयुद्धपश्चात ब्रिटिस साम्राज्यको धमाधन अन्त्य भयो र नयाँ महारानी १९५३ नोभेम्बरमा राष्ट्रमण्डलीय मुलुकहरूको लामो भ्रमणमा निस्कने बेलासम्ममा ब्रिटिस नियन्त्रणमा रहेका भारतसहितका धेरै मुलुकले स्वतन्त्रता प्राप्त गरिसकेका थिए।
एलिजाबेथ अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी भइन्।
करिब एकतिहाइ अष्ट्रेलियाली उनलाई प्रत्यक्ष हेर्न पुगेको अनुमान गरियो।
सन् १९५० को दशकभरि धेरै देश ब्रिटिस नियन्त्रणबाट स्वतन्त्र भइसकेका थिए।
ती देशहरू अहिले एउटा स्वच्छिक संगठन मातहत एकताबद्ध भएका थिए।
धेरै राजनीतिकर्मीले नयाँ राष्ट्रमण्डल भर्खरै उदाउँदै गरेको युरोपेली आर्थिक समुदायलाई टक्कर हुनसक्ने ठानेका थिए।
व्यक्तिगत आलोचना
तर ब्रिटिस प्रभाव सन् १९५६ को सुयज प्रकरणपछि झन् खस्कियो।
उक्त घटनाले संकटको बेला राष्ट्रमण्डलमा एकीकृत रूपमा काम गर्न सक्ने सामूहिक इच्छाशक्ति नरहेको देखायो।
सुयज नहर राष्ट्रियकरण गर्ने इजिप्टको प्रयास रोक्न ब्रिटिस सैनिक पठाउने निर्णय लाजमर्दो फिर्तीमा टुंगियो।
त्यसपछि प्रधानमन्त्री एन्थोनी इडेनले राजीनामा दिनुप¥यो।
यो घटनाले रानीलाई राजनीतिक संकटमा पारिदियो।
कन्जर्भेटिभ पार्टीसँग नयाँ नेता चयन गर्ने कुनै संयन्त्र थिएन र श्रृंखलाबद्ध छलफलपछि रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठनका लागि निम्तो दिइन्।
रानीले आफैंलाई लर्ड अल्ट्रिनमको व्यक्तिगत आलोचनाको विषयवस्तुको रूपमा पनि पाइन्।
अखबारमा प्रकाशित एउटा लेखमा उनले एलिजाबेथको अदालत ‘ब्रिटिस’ र ‘उच्च वर्ग’ भएको दाबी गरे। र, लिखतविना एउटा सामान्य भाषण पनि गर्न रानीसमक्ष नभएको आरोप लगाए।
उनको टिप्पणीले सञ्चारमाध्यममा व्यापक विवाद र बहस निम्त्यायो।
लर्ड अल्ट्रिनमलाई ‘लिग अफ एम्यायर लोयलिस्टस्’ भनिने राजतन्त्र पक्षधर समूहका सदस्यले सडकमा भौतिक आक्रमण पनि गरेका थिए।
तथापि त्यो घटनाले राजतन्त्रप्रति ब्रिटिस समाजको हेराइ तीब्र गतिमा बदिलरहेको देखायो।
आफ्ना पतिको हौसलाले राजनीले नयाँ सुधारहरू अपनाउन थालिन्।
‘द मोनार्की’ पदावलीलाई क्रमशः ‘द रोयल फ्यामिली’ ले विस्थापित गरियो।
सन् १९६३ मा ह्यारोल्ड म्याकमिलन प्रधानमन्त्री पदबाट बाहिरिएपछि महारानी फेरि राजनीतिक विवादको केन्द्रमा परिन्।
कन्जर्भेटिम पार्टीले नयाँ नेता चयन गर्ने संयन्त्र अझै पनि बनाएको थिएन।
उनको स्थानमा गृहमन्त्रीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने म्याकमिलनको सल्लाह महारानीले पालना गरिन्।
त्यो महारानीका लागि अप्ठ्यारो समय थियो।
संविधान पालना र तत्कालीन सरकारबाट राजतन्त्रलाई पर राख्ने विषय रानीको शासनका पहिचान थिए।
रानीले आफू सुसूचित हुने, आफूले सल्लाह दिने र चेतावनी दिने आफ्ना अधिकारीलाई गम्भीर रूपमा लिइन्।
रानी त्यस्तो अप्ठ्यारोमा पर्ने अवस्था त्यो नै अन्तिम थियो।
कन्जर्भेटिभहरूले अन्ततः जथाभावी नयाँ पार्टीका नेता चुन्ने प्रणाली अन्त्य गरी व्यवस्थित विधि अपनाए।
विवाद र दुर्घटना
एउटा जटिल क्षेत्र भनेको राष्ट्रमण्डलप्रति रानीको भक्ति थियो जसको प्रमुख उनी थिइन्।
एलिजाबेथ अफ्रिकाका नेताहरूसँग राम्ररी परिचित थिइन्। र, उनीहरूको उद्देश्यप्रति सहानुभूति राख्थिन्।
उनले थ्याचरको शैली ‘बुझ्न नसकिने खालको’ रहेको पाइएको बताइन्छ–रङ्गभेदी दक्षिण अफ्रिकाविरूद्ध प्रतिबन्ध लगाउने विपक्षमा प्रधानमन्त्री उभिएको विषयमात्रै होइन अरू थुप्रै पक्षमा पनि।
वर्षैपच्छिे रानीका सार्वजनिक दायित्वहरूले निरन्तरता पाए।
सन् १९९१ को खाडीयुद्धपछि उनी अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो ब्रिटिस शाही सदस्य भइन्।
राष्ट्रपति जर्ज बुसले उनी आफूहरूले ‘सम्झन सकेसम्मको अवधिदेखिकै स्वतन्त्रताको मित्र’ भएको बताए।
तथापि एक वर्षपछि श्रृंखलाबद्ध विवाद र दुर्घटनाहरूले शाही परिवारलाई प्रभावित तुल्यायो।
रानीका दोस्रो छोरा ‘ड्युक अफ योर्क’ र उनकी पत्नी राह छुट्टिए।
मार्क फिलिप्ससँग राजकुमारी यानको विवाह पनि सम्बन्धविच्छेदमा टुंगियो।
त्यति बेलाका वेल्सका राजकुमार र राजकुमारी पनि एकअर्कासँग अत्यन्तै बेखुस रहेको खुलासा भयो र अन्ततः उनीहरू पनि छुट्टिए।
वर्षको अन्त्यतिर रानीको मनपर्ने बासस्थान ‘विन्डसोर क्यासल’ भीषण आगलागी भयो।
त्यो अप्ठ्यारोमा परेको राजदरबारको प्रतिक जस्तो देखिन्थ्यो।
बीबीसीबाट