भारतीय विदेशमन्त्री साउदी अरब जाने

भारतीय विदेशमन्त्री साउदी अरब जाने

एजेन्सी। भारतका विदेशमन्त्री एस जयशङ्करले साउदी अरबको भ्रमण गर्ने भएका छन। आगामी शनिबारदेखि उनले दुई दिने भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। विदेशमन्त्री भएपछि उहाँ पहिलो पटक साउदी अरब जान लागेका हुन।

भारतको विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री एस जयशंकर यही सेप्टेम्बर १० देखि १२ सम्म साउदी अरबको भ्रमण गर्नुहुने भएको छ, यो उहाँको पहिलो साउदी अरब भ्रमण हो।”

भ्रमणका क्रममा उनले पिएसएससीको बैठकमा सहभागीता जनाउनु भएका छन। उहाँले साउदी अरबका विदेश मन्त्री फैसल बिन फर्रान अल साउदसँग दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गर्ने तय भएको छ। भ्रमणका क्रममा उनले अन्य उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ।