बारमा आगलागी हुँदा १२ जनाको मृत्यु

एजेन्सी,भियतनाम। दक्षिणी भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मंगलबार राति भवनको दोस्रो र तेस्रो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारीका सदस्यहरू बाक्लो धुवाँले भरिएको सिँढीमा फसेको सरकारी सञ्चार माध्यमले जनाएका छन्।
आगोबाट बच्न बालकनीमा भीड बढेको थियो। कोही भने भवनको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए।
भवनमा लागेको आगलागीपछि फैलिएको धुवाको मुस्लोले वरपरको वातावरणमा असर गरेको थियो।
आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर