वैदेशिक रोजगारी: यूएईमा १ महिनामा २४ जना नेपालीको मृत्यु

वैदेशिक रोजगारी: यूएईमा १ महिनामा २४ जना नेपालीको मृत्यु

काठमाडौँ। एक महिनाको अवधिमा यूनाइडेट अरब इमिरेट्स (यूएई) मा २४ जना नेपालीको मृत्यु भएको छ।

गत साउन महिनामा उनीहरुको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा यूएई जानेहरु हुन्।

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने जनाको अन्तिम संस्कार यूएईमा नै गरिएको थियो।

गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ दिराम प्रदान गरेका थिए।



No ads found for this position