विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

नयाँदिल्ली। पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन्।

हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए। उनीहरू कामबाट फर्केका थिए। राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन्।

भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन्। विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन्।