फिलिपिन्सका राष्ट्रपति सिङ्गापुर र इण्डानेसियाको राजकीय भ्रमणमा

मनिला। फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा आज फिलिपिन्सबाट प्रस्थान गरेका छन। गत असार १६ गते फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो।
इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्नेछन। “हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमण हाम्रो गतिशील व्यापार र लगानी सम्बन्धको सम्भावनालाई उपयोगमा प्रयोग हुनेछ,” जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ।
सिङ्गापुर र इण्डानेसिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम् सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए।
उनले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेसिया सम्बन्धबारे विचारविमर्श गर्नेछन। इण्डोनेसिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार हो।
ताजा अपडेट
