नेपाल र अष्ट्रेलिया परराष्ट्र सविचस्तरीय बैठक सम्पन्न

नेपाल र अष्ट्रेलिया परराष्ट्र सविचस्तरीय बैठक सम्पन्न

काठमाडौं। नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए।

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ।

बैठकमा नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।