एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा अमेरिकामा तीन जनाको मृत्यु

एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा अमेरिकामा तीन जनाको मृत्यु File Photo

एजेन्सी,न्युयोर्क। अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ। सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन्।

उनीहरूको शरिरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए। आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए। आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए।

गोली लागेर तीन जनाको मृत्यु भएको छ। संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ। ‘ती व्यक्तिले जथाभावी गोली हानेका थिए’, ह्वाइटले भने।

‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने।