काम नगरी माथि जान खोज्ने प्रवृतिले एनआरएनएमा चुनौती थपियो : अध्यक्ष मुक्तादा

काम नगरी माथि जान खोज्ने प्रवृतिले एनआरएनएमा चुनौती थपियो : अध्यक्ष मुक्तादा

बैंकक। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्द मुक्तादाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा नबसी माथि जान खोज्ने प्रवृतिले संघमा चुनौती थपिएको बताएका छन्।

यसैकारण संघमा अहिलेसम्म मिलाप हुन नसकेको उनको भनाइ छ।

संघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यक्ष मुक्तादाले संघको निर्वाचन भएको लामो समय बितिसक्दा पनि अझै मिलाप हुन नसकेकोमा दुःख व्यक्त गरे।

‘इगो लिएर एनआरएनएमा नआउनुहोस्, अब एनआरएनएमा साँच्चिकै मिलाप हुनैपर्छ’, उनले भने ।

क्षेत्रीय सम्मेलनले मिलापको सन्देश लिएर जानुपर्ने उनको जोड छ।

शेष घलेको समूहलाई पनि मूलधारमै ल्याउन पहल गर्नुपर्ने उनले बताए।

‘एनआरएनए अहिले भद्रगोल अवस्थामा छ, इमेल रिप्लाई पनि हुन छाड्यो’, मुक्तादा भन्छन्, ‘ठूलो टिम हुँदा समस्या सिर्जना भयो ।’ ठूलो टिम भएमा काम हुन्छ भन्नु भ्रम मात्र भएको उनकाे भनाइ छ।

अन्तर्राष्ट्रिय समितिलाई मजबुत बनाउन नीतिनिर्माणमा जोड दिनुपर्ने उनकाे जाेड छ।

एसिया सम्मेलनपश्चात एनआरएनएलाई एकढिक्का बनाउने संकलप लिएर जानुपर्ने उनले बताए।