बैंककमा पुजा गर्दै श्रम मन्त्रीले भने- थाइल्यान्डमा अर्को नेपाल रहेको अनुभुति भयो
बैंकक । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले थाइल्यान्डमा अर्को नेपाल रहेको अनुभुति भएको बताएका छन्।
थाइल्यान्डमा नेपाली समुदायले बनाएको त्रिनाथ देबलाय मन्दिरमा भएको विशेष कार्यक्रममा बोल्दै मन्त्री कुवरले थाइल्यान्डका नेपाली एक भएर लागेकोमा खुशी व्यक्त गरे।
एकता नेपालीहरुको विशेषता रहेको उनको भनाइ छ। उनले गैरआवासीय नेपालीलाई एकता जोगाइराख्न आग्रह समेत गरे।
नेपालीको संस्कृती जोगाउन लाग्नुपर्ने उनले बताए।
नेपालले गैरआवासीय नेपाली संघको महत्त्व बुझेर बुझेर गैरआवासीय नागरिकता दिन लागेको उनको भनाइ थियो।
विश्व निर्माणमा नेपालीको महत्त्वपूर्ण योगदान रहेको भन्दै मन्त्री कुवरले नेपालको निर्माणमा लाग्न आग्रह गरे।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले थाइल्यान्डमा रहेका नेपालीको उत्थानका लागि पहल गर्ने बताए।