एसियाली देशमा रहेका नेपालीबारे एनआरएनए गम्भिर छ- कुल आचार्य

बैंकक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले एसिया प्यासिफिक एसिया र खाडी क्षेत्रका गैरआवासीय नेपालीका सवालमा संघ गम्भिर रहेको बताएका छन्।
बैंककमा संघको क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजित सम्मेलनमा बोल्दै आचार्यले यो क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीका सवालमा यो सम्मेलनमा पनि छलफल हुने बताए।
तर, श्रमिक र नेपाली अधिकारी अनि सम्बन्धित देशका निकायहरूसँग पनि छलफल र समन्वय गरिने उनले बताए।
संघले सबै नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नका लागि सबै तयारी भइरहेको र त्यसमा आवद्ध हुने तयारी गर्न पनि आग्रह गरे।
थाइल्याण्डको बैंककमा आजदेखि सुरू भएको ९ औं एशियाली क्षेत्रीय सम्मेलन महामारीपछिको पहिलो भेटघाट मिलाप भएको उनको भनाइ थियो।
अर्की अध्यक्ष रबिना थापाले १० औं अविधेशनले मिलापको सुरु भएको र थाइल्याण्डको सम्मेलनले अझ मिलाप बढाउने बताइन्। कोभिडपछि एनआरएनएको पहिलो कार्यक्रम भएकाले मिलापमा अझ बल पुगेको उनको भनाइ छ।
श्रमिकका आवाज उठाइरहेको उनले बताइन्। श्रमिकका समस्या समाधान खोज्ने उनको भनाइ छ।
ताजा अपडेट
