बैंककमा एनआरएनएको ‘मिलाप’ सुरु

बैंककमा एनआरएनएको ‘मिलाप’ सुरु

बैंकक। गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सुरु भएको छ। असन्तुष्ट पक्षलाई पनि समेट्नेगरी सम्मेलन केन्द्रित हुने आयोजकले जनाएको छ।

सम्मेलनमा गैरआवासीय नेपालीका अरु मुद्दा भन्दा पनि मिलाप गराउने प्राथमिकता दिइएको एनआरएनए नेतृत्वले जनाएको छ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ क्षेत्रीय संयोजक पारसमणि पोखरेलले लगानी भन्दा पनि मिलाप महत्वपूर्ण भएको बताए।

सम्मेलनमा मिलापको छुट्टै सेसन पनि सञ्चालन हुने छ। ‘सम्मेलनमा आत्मीयता, र संस्कृति झल्काउने खालक गतिविधि सञ्चालन हुनेछ।’

सम्मेलनमा सम्मानजनक समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको भूमिका, वैदेशिक रोजगारी, पढ्दै कमाउँदै, युवा तथा महिलाका सवाल, लैंगिक समानताका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्। ३० देशका ३ सय सहभागिता हुनेछन्।

सम्मेलनमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ। २६ जना नेपाली कालाकारको टोली आएको छ। मिलापबाट नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन एसिया भेन्चर सञ्चालन गर्ने तयारी भएको उनले बताए।

नेपाली वस्तुको प्रवर्द्धन गर्ने र बजारमा बिक्री गर्ने योजना बनाइएको उनले सुनाए। मलेसिया, जापान, हङकङको रोजगारीबारे छलफल हुने छ।

अर्का संयोजक डिपी कँडेलले श्रमिकका समस्याहरु विशेषरुपले उजागर गर्न चाहेको बताए। समस्या हल खोज्ने प्रयास हुने उनको भनाइ छ।

एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले थाइल्यान्डमा ८० हजार नेपाली रहेको बताए।