काठमाडौं महानगरपालिकाले भत्कायो अल्फाबिटाको अवैध संरचना

काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ। ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो।
तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो।
बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे। घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो।
गत सोमबार नयाँ बानेश्वरमा र बुधबार सुन्धरा , न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर