अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

मुम्बइ। भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उनले लेखेका छन।

उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरे। यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए।

त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए। उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित भएका थिए।