वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. उप्रेती

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. उप्रेती

काठमाडौं । वैदेशिक रोजगार बोर्डको नयाँ कार्यकारी निर्देशकमा डा.द्वारिका उप्रेती नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुल्ला प्रतिस्पर्धाबाट तीन जनामध्ये डा. उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसहित युवराज बस्नेत र निर्मल उप्रेतीको नाम सिफारिस गरेको थियो।



No ads found for this position