निशानामा पाकिस्तानका खोप अभियानकर्मी

निशानामा पाकिस्तानका खोप अभियानकर्मी

इस्लामबाद। पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन्। हालै उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेसँगै खोप अभियानकर्मी निशानामा पर्ने गरेका हुन्। खोप दिने दुई टोली भने सकुशल रहेको प्रहरीले जनाएको छ।

पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ। स्थानीय पोलियो खोप टोली प्रायः खोपविरोधी लडाकुको निशानामा हुन्छन्। उनीहरूमध्ये धेरैले खोप मुस्लिमहरूलाई बाँझो बनाउने पश्चिमी षड्यन्त्र भएको दाबी गर्दै आएका छन्।

हालैको घटनामा दुई बन्दुकधारीहरू नजिकैबाट गार्डहरूमाथि गोली चलाउनुअघि एउटा सानो पानीको नहरनजिक नजिक लुकेका स्थानीयले बताएका थिए।

पोलियोले घातक हुन सक्छ वा बिरामीहरूलाई पक्षाघात बनाउन सक्छ।



No ads found for this position