चीनमा बाढीको बितण्डाः १६ जनाको मृत्यु, दर्जनौ बेपत्ता

चीनमा बाढीको बितण्डाः १६ जनाको मृत्यु, दर्जनौ बेपत्ता

एजेन्सी,बेइजिङ। चीनको उत्तरपश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ।

‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’,उक्त सञ्चार माध्यमले भन्यो। सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ। अधिकांश सहरको तापक्रमम तीब्र बढेको छ।

सरकारी सञ्चार माध्यमले प्रकाशित गरेको एउटा भिडियोमा माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन्।