आजै पारित होला नागरिकता विधेयक?
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकलाई आजै संसदबाट पारित गरेर पुनः प्रमाणिकरणका लागि पठाउन सत्ता साझेदार दलहरू जुटेका छन्।
यसअघि उनीहरूले त्यो विधेयक जस्ताको त्यस्तै प्रमाणिकरणका लागि पठाउन निर्णय गरेका थिए। त्यसका लागि सत्ता साझेदार दलहरू बालुवाटारमा बैठक बसिरहेका छन्।
आजैको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले त्यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
गत साउन १५ गते संसदले प्रमाणिकरणका लागि पठाएको त्यो विधेयकमाथि पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले साउन २९ गते फिर्ता गरिदिएकी थिइन्।
एमालेले उक्त विधेयक सच्याउन माग गरिरहेको छ।