देशभर थपिए ८४८ कोभिड संक्रमित

देशभर थपिए ८४८ कोभिड संक्रमित

 काठमाडौं। नेपालमा थप ८४८ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण पुष्टि ‍भएको हो।

२४ घण्टामा जम्मा ५ हजार ६१९ नमुना परीक्षण भएको थियो। २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने १ जनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ। २४ घण्टामा ९० हजार ४४७ जनाले खोप लगाए।