भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै File Photo

एजेन्सी,नयाँ दिल्ली। भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ। यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन्। आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन्। उनलाई रक्षामन्त्री राजनाथ सिंह,रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा.अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन्।