विदेशबाट फर्केकालाई स्थानीय तहमै रोजगारी

विदेशबाट फर्केकालाई स्थानीय तहमै रोजगारी

काठमाडौं। सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई रोजगारी दिने भएको छ। स्थानीयतहबाटै रोजगारी र उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई पुनः एकीकरण गर्न निर्देशिका जारी गरेको छ। दातृ निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सहकारीको साझेदारीमा रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले यसबाट रोजगारी नभएर पुनः वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता अन्त्य हुने बताए। प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके बेरोजगार न्यूनीकरण हुने हुने उनले बताए।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप,पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्न तथा नागरिककको पुनःएकीकरण गर्ने उदेश्यले निर्देशिका जारी गरिएको बताए।

वैदेशिक रोजगारमाथिको निर्भरतालाई घटाउन सहयोग पुग्ने श्रेष्ठ बताए। यो कार्यक्रममार्फत युवालाई देशमै स्वरोजारीतर्फ आकर्षित गरी देशलाई आन्मनिर्भरताको बाटोतर्फ अगाडि बढाउन सकिने उनले बताए। राजनीतिक तहबाट पनि सहयोग भएमात्रै रोजगारी सिर्जना गर्न सकिने श्रेष्ठ बताउँछन्।

स्थानीय तहको मागका आधारमा युवालाई सीप तथा तालिम प्रदान गराउने बोर्डको तयारी छ। उत्पादनशील कार्यक्रममा उनीहरुलाई जोड्ने श्रेष्ठ बताउँछन्।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सातै प्रदेशमा तालिम प्रतिष्ठान स्थापना गरेर सीप सिकाउने बताए । यो कार्यक्रम कार्यान्वयनका लागि अझै स्पष्ट नभएको उनको भनाइ छ। ‘हामी कसरी जाने भन्नेमा अझै कन्फ्युजमा छौं,’ अर्यालले भने।

गत वर्ष ६ लाख ३० हजारभन्दा वैदेशिक रोजगारीमा गएका छन्। विदेशबाट फर्किएका युवालाई छुट्टाछुट्टै किसिमको सेवा दिइने बताए।
आर्थिक तथा सीपका हिसाबमा पनि सक्षम भएर फर्किएकालाई उद्यमशील बनाइने,उस्तै अवस्थामा फर्केका ऋणमाथि ऋण थपेर फर्किएका वर्गीकरण गरी कार्यक्रम सञ्चालन गर्ने बोर्डको तयारी छ।

सहुलियत कर्जाका लागि वित्तीय संस्थानसँग पहुँच बढाउन बोर्डले सहजीकरण गर्ने भएको छ।



No ads found for this position