मेक्सिकोमा भएको हिंसामा ८ जनाको मृत्यु

मेक्सिकोमा भएको हिंसामा ८ जनाको मृत्यु

मेक्सिको सिटी। मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो। पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

त्यस्तै,जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन्। पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ। त्यस्तै,बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन्।

 



No ads found for this position