साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले कार्यभार सम्हाले

रियाद। साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले कार्यभार सम्हालेका छन्।
बुधवार रियादस्थित नेपाली दूतावासमा उनले कार्यभार सम्हालेका हुन्।
राजदूत सुवेदीलाई दूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीले स्वागत गरेका थिए।
उनी बुधवार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत रियाद पुगेका थिए।
राजदूत सुवेदीलाई साउदी अरबको विदेश मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेको दूतावासले जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर