उकालो लाग्दै संक्रमण एकैदिन एक हजार ९० जनामा कोभिड पुष्टि

उकालो लाग्दै संक्रमण एकैदिन एक हजार ९० जनामा कोभिड पुष्टि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएको छ।

मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा २  जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए। साथै एक जना संक्रमितको मृत्यु भएको थियो।