मलेसियामा कोभिडका संक्रिय सङ्क्रमितको संख्या ४३ हजार भन्दा बढी

वासिङटन। मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्यामा कुनै गिरावट आएको छैन। यहाँ गएको २४ घण्टामा मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको छ।
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म यहाँका ४७ लाख भन्दा बढीमा कोभिड सङ्क्रमण फैलिएको छ।
पछिल्लो २४ घण्टामा मात्र ६ जना सङ्क्रमितले कोभिडकै कारण ज्यान गुमाएका छन्। यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३६ हजार ३२ पुगेको बताईएको छ।
मलेसियामा अहिले पनि ४३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै केही निकै गम्भीर अवस्थामा सघन उपचारमा पनि रहेका बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर