नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियमदर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियमदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ।

मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा रहेकोमा आज क्रमशःखरिदमा ८८ रुपैयाँ ६६ पैसा र ८९ रुपैयाँ ०८ पैसा र खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा छ। त्यस्तै,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा,चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९० पैसा रहेको छ।

साउदी अरेवियन रियाल र कतारी रियालसम्मको भाउ बढेको छ। यसअघि एकको खरिदमा ३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८२ पैसा रहेको साउदी रियाललाई आज एकको खरिदमूल्य ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ रहेको छ भने खरिदमूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा रहेको छ।

यसैगरी,मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर एकको खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै,कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८० पैसा,हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ २० पैसा र बिक्रीमा १६ रुपैयाँ २८ पैसा रहेको छ।