आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ। त्यस्तै,युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा छ। त्यस्तै,सिंगापुर डलर एकको खरिद मुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा छ।

जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा छ भने चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ। त्यस्तै,साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ। कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिरहम एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको छ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा छ भने कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा,हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ११ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा,कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ २६ पैसा र बिक्री दर ४१४ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३३७ रुपैयाँ ०८ पैसा तोकिएको छ।



No ads found for this position