एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपाल आयात

एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपाल आयात

काठमाडौं। एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने  गरेको पाइएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ। सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो।

नेपालमा भारत,भियतनाम,अष्ट्रेलिया,चीन,हङकङ,जापान,मोजाम्बिक,नाइजेरिया,सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ। यस्तै,भारत,अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो।



No ads found for this position