क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित

ओटावा। क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ। यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ।

यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ।

पछिल्ला केही महिनामा यो मङ्कीपक्स सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ। यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ।