युक्रेन पठाइदिने भन्दै ठगी गर्ने मेरिगोल्ड म्यानपावरविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा

युक्रेन पठाइदिने भन्दै ठगी गर्ने मेरिगोल्ड म्यानपावरविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा

काठमाडौं। वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रालीका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो।

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ,भावनी प्रसाद कोइराला,याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ।

उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पिडितहरुलाई दिलाउने गरी निवेदन दिइएको छ।

मेरिगोल्ड ओभरसिजविरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारवारहि गरिने विभागले जनाएको छ।

विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुदा दायर गरेको विभागका निर्देशक एंव सुचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए।



No ads found for this position