२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

काठमाडौं। सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।

अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८–७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थमन्त्रालयले जनाएको छ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ।

अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म)मा मात्र प्राप्त भएको थियो।



No ads found for this position