निजी विमानस्थल बनाउँदै मस्क

निजी विमानस्थल बनाउँदै मस्क

एजेन्सी,न्युयोर्क। टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन्। मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन्। स्पेसएक्स,टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन्।

तर,मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन। यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ। बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो।



No ads found for this position