सोमवारको विदेशी मुद्रा विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्या १२७ रुपैयाँ ११ पैसा तोकेको छ। सोमबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ३५ पैसा,सिङ्गापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ०७ पैसा,जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा,चाइनिज युआवन एकको खरिदमा १८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८५ पैसा तोकिएको छ।
त्यस्तै,साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ८४ पैसा,कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५३ पैसा,मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ५६ पैसा,साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा र कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९९ पैसा रहेको छ।