नेपाल साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह ‘बी’मा

नेपाल साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह ‘बी’मा

काठमाडौं । श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनका नेपाल ‘बी’मा परेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेका छन् । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । साफ यू–१७ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई प्रशिक्षमा नियुक्त गरी तयारी समेत सुरु गरिसहेको छ ।