साउदीमा मस्तिष्कघात भएका नेपाली युवाको उद्वार

साउदीमा मस्तिष्कघात भएका नेपाली युवाको उद्वार

रियाद। मस्तिष्कघात भएर साउदीमा उपचाररत एक नेपाली युवाको उद्वार भएको छ।

मस्तिष्कघात पीडित सर्लाहीका अरुण कुमार रायको उद्वार गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रायलाई गत फेब्रुअरीमा मस्तिष्कघात भएको थियो। त्यसयता उनको रियादस्थित ओबेद केयर अस्पतालमा उपचार भइरहेको थियो।

यादव ड्युटी सकेर कोठामा फर्किदै गर्दा अचानक मस्तिष्कघात भई गाडीको सिटमै ढलेका थिए।

रायलाई तीन महिनासम्म आईसीयु राखिएको थियो भने स्वास्थ्यमा केही सुधार आएपछि जनरन वार्डमा सारिएको थियो।

उपचारमा संलग्न चिकित्सकले परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइएको दूतावासले जनाएको छ।

उनलाई दूतावासले २७ जुलाइमा नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाएको हो।

रायको उपचारमा खर्च भएको झण्डै ७ लाख साउदी रियालमध्ये स्वास्थ्य वीमाले ५ लाख र कम्पनीले झण्डै २ लाख तिरेको दूतावासले जनाएको छ।