माओवादीभित्र लेख्ने,पढ्ने र बोल्नै बौद्धिक मान्छे छैनन्ः प्रचण्ड

माओवादीभित्र लेख्ने,पढ्ने र बोल्नै बौद्धिक मान्छे छैनन्ः प्रचण्ड File photo

काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीका नेता कार्यकर्ताहरूभित्र आफ्नो पार्टीले गरेका कामहरूको प्रचार गर्न नसकेको बताएका छन्।

‘हामीले अरू केही गर्नै पर्दैन। हामीले हाम्रो सरकारको पालामा गरेका दुईतीनवटा राम्रा कामहरूको प्रचारमात्रै गरिदिए पुग्छ’ माओवादी निकट प्रेस सेन्टरको केन्द्रीय बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण जोड्ने राजमार्ग अनि देशमा विद्युको क्रान्ति जहाँ हाम्रो सरकारको पालामा १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको परिकल्पना माओवादीले गरेको हो।’

उनले माओवादीका नेता, कार्यकर्ता अनि पत्रकारहरू पढ्ने, लेख्ने र बोल्नेजस्ता बौद्धिक कर्ममा भन्दा अरू नै विषयतिर धेरै ध्यान केन्द्रित गरेको पनि उनले बताए।

‘माओवादीहरू लेख्दैनन्। पढ्दैनन्। बोल्दैनन्। बोल्नपरे पनि आफ्नैलाई घोचेर बोल्छन् लेख्नैपरे पनि आफ्नैलाई घोचेर लेख्छन्, भन्ने कुरा सुनेको छु। यो कुरा देशका धेरै राम्रा पत्रकारहरूले मलाई भनेका छन्’उनले भने ‘पार्टीभित्र हामी कसैलाई केही भन्दैनौं तर बाहिर बाहिर अरूलाई सिध्याउन लागेका हुन्छौं त्यतातिर जाँगर चलाइरहेका हुन्छौं।’



No ads found for this position