कुवेतमा मौसम खराब हुने पूर्वानुमान, सावधानी अपनाउन आग्रह

कुवेतमा मौसम खराब हुने पूर्वानुमान, सावधानी अपनाउन आग्रह फाइल फोटो

कुवेत सिटी। कुवेतमा मौसम खराबी हुने पूर्वानुमान गरिएको छ।

कुवेतको आन्तरिक मन्त्रालयले अस्थिर मौसमकाकारण आगामी केही दिनसम्म देशका प्रायः स्थानमा वर्षाको सम्भावना रहेकोले सतर्क हुन सचेत गराएको छ।

कुवेतको मौसम पूर्वानुमान महाशाखाले समुद्र किनारमा जाने सवारी चालक तथा सर्वसाधारणलाई सावधानी अपनाउन आह्वान गरेको हो।

कुवेतको मौसम विभागले शुक्रबार तातो हावासँगै गर्मी जारी रहने जनाएको छ।

मौसम विभागका प्रमुख अब्देलाजिज अल करावीका अनुसार कडा हावासँगै मौसम आंशिकदेखि पूरै बदली रहने र मेघगर्जनसहित केही क्षेत्रमा वर्षा हुनेछ।

शुक्रबार अनुमानित तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको बीचमा रहनेछ। ‘रातिको मौसममा आंशिक बदली रही हावाहुरी चल्नेछ भने छिटपुट वर्षा र तापक्रम २९ देखी ३१ डिग्री सेल्सियस हुनेछ,’ अल करावीले भने।

यस्तै मौसम विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कुनै पनि आपतकालीन सामना गर्दा (११२) मा सम्पर्क गर्न आग्रह समेत गरेको छ।