दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते,६ जनाको अवस्था गम्भीर

दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते,६ जनाको अवस्था गम्भीर

नवलपरासी।नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्।

घाइते यात्रुमध्ये ६जनाको अवस्था भने गम्भीर रहेको छ।

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए।उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ।अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।