फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी,मनिला।फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ।फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ।भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो।भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्।भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।