अफगानिस्तानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अफगानिस्तानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

कलात अफगानिस्तान।अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।
दुर्घटना मङ्गलबार बिहान शहर–ए–साफा जिल्लामा भएको जनाइएको छ।यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चारजनाको शव र महिला,बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन्।

चालकको लापरवाह र युद्धग्रस्त अफगानिस्तानमा विग्रेका सडकका कारण दुर्घटनाहरु निम्त्याउँने ट्राफिक प्रहरी अधिकारीहरूका जानकारी दिएका छन्।