एक हजार को ५० थान नक्कली नोटसहित भारतीय नागरिक प्रकाउ
सर्लाही। हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान हुन्।उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ताजा अपडेट
प्रवास खबर
परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
प्रवास खबर
आज विश्वकर्मा पूजा
प्रवास खबर
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रवास खबर