अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

जोस(नाइजेरिया)।मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ।बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ।सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ।यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन्।



No ads found for this position