पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा रोक्का

किभ।पूर्वी युक्रेनको दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले गुगलमा पहुँच रोकेका छन्।टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ लाई बढावा दिएको उनीहरूले आरोप लगाएका छन्।
विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए।छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन्।
‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’,पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो। ’
उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन।किनभने रूसी भावनालाई तोड्न असम्भव छ,र यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ।’
ताजा अपडेट
